काठमाडाैं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक दलहरू जनचाहना विपरीत चल्न नहुने बताएका छन् ।
केदारेश्वर महादेवमणि सेवा आश्रम पोखराले सोमबार मन्दिर परिसरमा आयोजना गरेको बोलबम पदयात्रापछिको धार्मिकसभालाई सम्बोधन गर्दै उनले राजनीतिक दर्शनभन्दा देश र धर्म ठूलो भएको बताए ।
पछिल्लो समय हिन्दूराष्ट्र कायम हुनुपर्छ भन्ने माग उठिरहेका बेला ठूला राजनीतिक दलहरूले सोच्नुपर्ने बेला आएको उनको भनाइ थियो ।