काठमाडौं ।
सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकाललाई बोल्न रोकेपछि रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले संसद अवरोध गरेका छन् ।
मंगलबार प्रतिनिधिसभाको आकस्मिक समयमा सांसद हरि ढकालले यातायात क्षेत्रको असुरक्षाको विषयमा बोल्न समय माग गरेको तर अर्को विषय उठाउन खोजेको भन्दै सभामुख घिमिरेले रोकेका थिए ।
त्यसपछि रास्वपा र राप्रपा सांसद उठेर अवरोध गरेका हुन् । उनीहरुले सांसदलाई बोल्नबाट रोक लगाउन नहुने भन्दै विरोध जनाएका थिए ।
त्यस क्रममा सभामुख घिमिरेले रास्वपा सभापति रवि लामिछानेलाई बोल्न समय दिए ।
उनले सांसद हरि ढकालले विद्युत महसुलको विषय उठाउनेवित्तिकै सभामुखले माइक काटिदिएको भन्दै विरोध जनाए ।