१८ करोडको लागतमा १५ शय्याको अस्पताल भवन निर्माण
१८ करोडको लागतमा १५ शय्याको अस्पताल भवन निर्माण
    • बेल संचार

    • ३१ श्रावण २०८१, बिहीबार

बाग्लुङ ।

बागलुङको बडिगाड गाउँपालिका–५ ग्वालीचौरमा रु १८ करोडको लागतमा १५ शय्याको अस्पताल भवन निर्माण भएको छ ।

सङ्घीय सरकारको लगानीमा निर्मित उक्त भवनबाट आगामी कात्तिकदेखि सञ्चालन गर्ने तयारीमा गाउँपालिका जुटेको गाउँपालिकाकी अध्यक्ष गण्डकी थापाले बताइन् ।  अस्पताल सञ्चालनमा आएपछि यहाँका स्थानीय बुर्तिबाङ, पोखरा, काठमाडौँ, पाल्पालगायत स्थानमा उपचारका लागि जानुपर्ने बाध्यता हट्ने उनको भनाइ छ ।गाउँपालिकाले सबै वडामा स्वास्थ्यचौकी र सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेर सामान्य रोगको उचार गर्दै आएको छ ।

साताकाे चर्चित
सम्बन्धित