काठमाडाैं।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बंगलादेशमा सत्ता परिवर्तनपछि हिन्दुहरूमाथि भएको आक्रमणबारे कुरा उठाएका छन् । भारतको स्वतन्त्रता दिवसको अवसरमा दिल्लीको लाल किल्लामा आयोजित कार्यक्रममा बोल्दै उनले बंगलादेशमा हिन्दुहरूको सुरक्षा सुनिश्चित गरिनुपर्ने बताए ।
आफूहरूले छिमेकीको सुख र शान्ति चाहेको उनले बताए । ‘बङ्गलादेशमा हिन्दुहरूको सुरक्षा सुनिश्चित गरिनुपर्छ । हामी हाम्रा छिमेकीहरूको सुख र शान्ति चाहन्छौँ,’ उनले भने, ‘बङ्गलादेशमा जे जस्तो भइरहेको छ त्यो चिन्ताजनक छ ।
‘बङ्गलादेशमा सरकारी जागिरमा आरक्षणको विरोध भएको सुरु आन्दोलन चर्किँदै गएर सरकार विरोधी प्रदर्शनमा परिणत भएको थियो । प्रदर्शन उग्र बन्दै गएपछि प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छोडेकी थिइन् । उनी भारतमा बस्दै आएकी छन् ।
बंगलादेशमा अहिले अन्तरिम सरकार बनिसकेको छ ।