काठमाडौं
नबिल बैंकले नबिल स्कुल अफ सोसियल इन्टरपे्रनरसिप फेलोसिप कार्यक्रमको चौथो ब्याच २०२४ का लागि आवेदन आह्वान गरेको छ । नवीन सोच भएका १८ वर्षभन्दा माथिका नेपाली नागरिकले १४ भदौसम्म आवेदन दिन सक्नेछन् ।
बैंकले कृषि, पर्यटन, ऊर्जा, वातावरण संरक्षण र सूचना प्रविधिलगायतका क्षेत्रमा नवीन सोच भएका उद्यमीहरूका लागि निःशुल्क तालिम दिनेछ ।
यो कार्यक्रम नबिल बैंक र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गतको स्कुल अफ म्यानेजमेन्टको सहकार्यमा ६ महिनासम्म चल्नेछ । आवासीय र प्रयोगात्मक ढाँचामा सञ्चालन हुने यस कार्यक्रममा सहभागीले सामाजिक उद्यमको सम्पूर्ण व्यावसायिक चक्रमा आवश्यक तालिम प्राप्त गर्नेछन् । तालिमपछि उनीहरूले आफ्नो उद्यमको प्रकृतिअनुसार विज्ञहरूको सहयोग प्राप्त गर्नेछन् ।
हालसम्म नबिल एसएसईअन्तर्गत ५६ जना सामाजिक उद्यमीले तालिम प्राप्त गरी ८० प्रतिशतले उद्यम स्थापना गरेका छन् भने ११ सय ८४ रोजगारीका अवसर सिर्जना भएका छन् ।