काठमाडौं ।
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा हिमताल फुटेर बाढी आएको पाइएको छ । शुक्रबार दिउँसो सोलुखुम्बुको थामे खोलामा बाढी आउँदा २० भन्दा बढी घरमा क्षति पुर्याएको थियो ।
शनिबार बिहान राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलसहितको टोलीले बाढी आएको क्षेत्रको हेलिकप्टरबाट अवलोकन गरेको थियो ।
यस्तै, गाउँभन्दा माथि रहेका पाँच वटा तालमध्ये दुई वटा ताल फुटेर बाढी आएको देखिएको सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले बताइन् ।
गाउँपालिकाले राखेको भिडियो