काठमाडौं ।
परराष्ट्र मन्त्री आरजु राणा देउवा आइतबार पाँच दिने भारत भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गरेकी छन् ।
भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा उनी भारत भ्रमणमा निस्किएकी हुन् ।
भारत भ्रमणका क्रममा उनले भारतीय विदेशमन्त्री जयशंकरसँग द्विपक्षीय वार्ता गर्ने छिन् ।
दुई देशबिचको हितका लागि सम्बन्ध सुधार र सहकार्यका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भारतीय विदेश मन्त्रालयले पनि विज्ञप्ति जारी गरेर परराष्ट्र मन्त्री राणा नयाँ दिल्ली आउन लागेको जानकारी दिएको छ ।
परराष्ट्र मन्त्रीको भ्रमण नेपाल र भारतबिच नियमित उच्चस्तरीय आदानप्रदानको परम्पराअनुसार भएको जनाइएको छ ।