काठमाडाैं ।
नेपाल स्टक एक्सचेन्ज(नेप्से) प्रारम्भिक सत्रमा झिनो अंकले बढेको छ ।
बिहीबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक ६.३३ अंकले बढेर २९७४.७८ बिन्दुमा कायम भएको हो ।
सेयरबजारको नियमित कारोबार खुल्नुभन्दा अघिको प्रारम्भीक सत्रमा ३२ हजार ११ कित्ता सेयरको खरिदबिक्री हुदाँ १ करोड ७४ लाख ८६ हजार ३७६ रुपैयाँको कारोबार भएको छ ।
अघिल्लो कारोबारका दिन बुधबार मात्रै नेप्से परिसूचक २.११ अंकले बढेर २९६८.४४ बिन्दुमा बन्द भएको थियो ।