सभापति रवि लामिछाने : भ्रष्टाचार मुद्दामा पाँच वर्षे हदम्याद मान्य हुँदैन
सभापति रवि लामिछाने : भ्रष्टाचार मुद्दामा पाँच वर्षे हदम्याद मान्य हुँदैन
    • बेल संचार

    • ६ भाद्र २०८१, बिहीबार

काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भ्रष्टाचारको मुद्दामा हदम्याद लागू गर्न नहुने बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्याद आफूलगायत आफ्नो पार्टीलाई मान्य नहुने बताएका हुन् ।

उनले  भने, ‘हिजो साँझदेखि मेरो टेलिफोन कलमा लगभग २ हजार भन्दा बढी कलहरू आएका छन् , धेरैजसो युवाहरूले फोन गरेका छन् , उनीहरूको  भनाई  थियो की भ्रष्टाचारको मुद्दामा यो पाँच वर्षे हदम्याद लगाउन जुन खोजिएको छ , म आफ्नो तर्फबाट  र  आफ्नो  दलको तर्फबाट सिङ्गो सदनलाई  र देशलाई  जानकारी गराउँछु की भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्याद मान्य हुने छैन, नो ईफ, नो बट हाम्रो कुरा क्लियर कट ।

’साथै उनले दलित अभियन्ता खगेन्द्र सुनारलाई प्रहरीले निषेधित क्षेत्र प्रवेश गर्न  खोजेको भन्दै पक्राउ गरेको विषय सह्य नहुने बताए ।

उनले दलितहरूले आफ्नो हक माग्ने अधिकारलाई राज्यले दमन गर्न नहुने स्पष्ट पारे ।

साताकाे चर्चित
सम्बन्धित