तनहुँ बस दुर्घटना अपडेट भिडियो सहित : १४ जनाको मृत्यु, घाइतेलाई लिन सेनाको हेलिकप्टर जाँदै
तनहुँ बस दुर्घटना अपडेट भिडियो सहित : १४ जनाको मृत्यु, घाइतेलाई लिन सेनाको हेलिकप्टर जाँदै
    • बेल संचार

    • ७ भाद्र २०८१, शुक्रबार

काठमाडौं

बस तनहुँको आँबुखैरेनीनजिक ऐना पहरा भन्ने स्थानबाट नदीमा खस्दा मृत्यु भएका १४ जनाको शव निकालिएको सशस्त्र प्रहरीका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

भारतीय पर्यटक सवार बस शुक्रबार मर्स्याङ्दी नदीमा खस्दा १४ जनाको मृत्यु भएको छ ।

‘१४ जनाको शव घटनास्थलबाट बाहिर निकालिएको छ । १६ जना घाइतेलाई उद्धार गरी उपचारका लागि स्थानीय अस्पतालमा पठाएको छ । उद्धार कार्य जारी नै छ,’ थापाले भने ।

घाइतेलाई काठमाडौं ल्याउने तयारी भइरहेको छ ।

मेडिकल टीमसहितको टोली एमआई १७ हेलिकोप्टरमार्फत दुर्घटनास्थलतर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

भिडियो लिङ्ग

साताकाे चर्चित
सम्बन्धित