जुम्ला ।
सिँजा गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष वा सिँजा गाउँपालिका प्रवक्ता तीर्थ वडले प्रयोग गर्ने क १ ब ३५४ नम्बरको मोटर साइकल दुरुपयोग भएको देखियको छ ।
सिँजा गाउँपालिका वडा नम्बर १ को धापा लाखुरो देवताको पुजामा यहि भाद्र ८ गते शनिबारका दिन उनका भाईले मेलामा तीनजना मानिस मोटर साइकलमा हालेर लिएको स्थानियले जानकारी दियका छन ।
एक त शनिबार अर्को मेलामा त्यस माथि तीन तीन जना बोकेर सरकारी साधनको दुरुपयोग गरेका छन् । जनताले प्रत्क्ष अप्रत्क्ष रुपमा तिरको करले किनेको सरकारी साधन आफ्नो निजी सम्पत्तिका जस्तो गरेर प्रयोग गरेको भेटिएको छ ।
मोटर साइकल चलाउने वडका भाई सिँजा गाउँपालिका कुनै पनि कार्यालयमा कार्यरत नभएको र जनप्रतिनिधि पनि नभएको बुझिएको छ । यसरी सवारी साधन जो त्यहि व्यक्तिलाई दिएर सरकारी सम्पत्तिको दुरुपयोग गरेको ठहर छ ।
सिँजा गाउँपालिका प्रवक्ता वा वडा २ का वडा अध्यक्ष तिर्थ वडका अनुसार बिरामीलाई उपचार गरेर घरमा बिरामीलाई लिनको लागि मोटर साइकल भाइलाई दिएको बताए । यदि अध्यक्ष तिर्थ वडले भने अनुसार हो भने बिरामी लाइ बोकेर मेलामा लिन्छन कि अस्पपालमा एक स्थानिएको भनाइ रहेको छ ।
जनप्रतिनिधिका आफन्तले यसरी जथाभावी रुपमा सवारी साधन कुदाएको देख्दा नागरिकहरुले यिनीहरुकै दिन आएका छन् । गर खाऊ हामीले जिताएर पठाएका प्रतिनिधिले जनताको समस्या नहेरेर आफ्ना परिवार र आफन्तलाई हेर्ने गरेको स्थानीयको भनाई रहेको छ ।
सिँजा गाउँपालिका भित्रका विरामी र महत्त्वपूर्ण कामका लागि सवारी साधन माग्दा कर्मचारी र जनप्रतिनिधिहरुले सवारी साधन दिन नमान्ने तर आफ्ना मान्छेलाई तीन तीन जना व्यक्ति त्यहिमाथी शनिबारको दिनमा मेलामा लिन मिल्ने यो कस्तो सरकार हो, स्थानीयहरुको गुनासो रहेको छ ।
अस्थायी ट्राफी प्रहरी पोष्ट जुघाडका प्रहरी जवान पदम बोगटीका अनुसार हिमा गाउँपालिकामा रहेको जुघाड ट्राफीले सिँजा र हिमा गाउँपालिकालाई हेर्दै आएका छौं। सवारी साधन चढ्दा ५ वर्ष मुनिका बालबालिकालाई ट्राफीको नियममा छुट गरिएको छ । तर कुनै पनि मानिस बिरामी भयो, हिड्न सक्दैन त्यस्तो अवस्थामा व्यवहारिकता रुपमा चढ्न पाउने हुन्छ । तर यो घटना भने यस्तो देखिएको छैन ।
शनिबारका दिन तीन तीन जना मोटर साइकलमा हालेर मेला पर्वमा सिँजाका सरकारी मोटर साइल कुदिरहेका छन् ।