काठमाडाैं ।
नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । जुन हालसम्मकै उच्च हो ।
यसअघि भदौ ५ गते सुनको मूल्य प्रतितोला एक लाख ५३ हजार रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार एक लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदी प्रतितोला पाँच रुपैयाँले बढेर एक हजार ८५५ रुपैयाँ कारोबार भएको छ ।
मंगलबार चाँदी एक हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।