अविरल वर्षाले पहिरो खस्दा कर्णाली राजमार्गमा यातायात अवरुद्ध
अविरल वर्षाले पहिरो खस्दा कर्णाली राजमार्गमा यातायात अवरुद्ध
    • बेल संचार

    • १३ भाद्र २०८१, बिहीबार

जुम्ला ।

अविरल वर्षाले पहिरो खस्दा कर्णाली राजमार्गमा यातायात सञ्चालनमा  रोकिएको छ ।

सुर्खेत–जुम्ला सडकअन्तर्गत कालिकोटको गगनेखोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिए ।

उनले पहिरो पन्छाउने काम भइरहेको बताए  । वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालिकोट खण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा बारम्बार पहिरो जाने गरेको छ ।

साताकाे चर्चित
सम्बन्धित