जुम्लाको स्याउ कर्णाली राजमार्गमै अलपत्र , मुख्य मन्त्रीलाई बुझाए शाहीले ध्यानाकर्षण पत्र
जुम्लाको स्याउ कर्णाली राजमार्गमै अलपत्र , मुख्य मन्त्रीलाई बुझाए शाहीले ध्यानाकर्षण पत्र
    • उमेश बुढा

    • १४ भाद्र २०८१, शुक्रबार

जुम्ला ।

जुम्लाबाट उत्पादन गरेको स्याउ सुर्खेत , बाँके , दाङ , काठमाडौं लगायत विभिन्न ठाउँमा विक्रि गर्नका लागि व्यपारीहरुले लिएका स्याउ पहिरोले पूर्ण रुपमा सड्क अवरुद्ध पारे पछि जुम्लाको स्याउ कर्णाली राजमार्गको दैलेख र कालिकोटमा अलपत्र परेका छन् ।

यहि भाद्र १२ गते राती परेको अविरल वर्षातले साविकको कर्णाली अञ्चल हुम्ला , कालिको , जुम्ला र मुगु जिल्लालाई जोड्ने एक मात्र कर्णाली राजमार्ग अन्तरगतका मालाचौर , दहिखोला , र कालिकोटको गगने खोला , एसमोड लगायत विभिन्न ठाउँमा भिषण पहिरो गई सड्क पूर्ण रुपमा अवरुद्ध भए पछि , कर्णाली प्रदेशको कार्यालय सुर्खेतमा मुख्य मन्त्री यामलाल कडेल समक्ष जुम्लाको हिमा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष रतन शाहीले ध्यानाकर्षण पत्र बुझाएका छन् ।

वडा अध्यक्ष शाहीले बुझाएको पत्रमा जुम्लामा उत्पादन भएका स्याउ विक्रि गर्नका लागि नेपालका विभिन्न ठाउँमा लिने क्रममा सयौं स्याउका ट्रक बाटैमा अलपत्र अवस्थामा भएकाले गाडी समयमा सड्क संचालन गर्न नसिएमा जुम्लामा कृषकहरुले ठुलो आर्थिक क्षति व्यहर्नु पर्ने देखिएको छ । अर्को बिरामी , वृद्ध र अति आवश्यक कामको शिलशिलामा बाटोमा गएका यात्रुहरु जोखिममा रहेकाले तत्काल सडक संचालनका लागि आवश्यक पहल कदमी गरि दिन हुन मुख्य मन्त्री कडेललाई वडा अध्यक्ष शाहीले ध्यानाकर्षण पत्रमा उल्लेख गरेका छन् ।

सुर्खेत जुम्ला हवाइजहाज उडान तत्काल संचालन गरी दिन पनि मन्त्रीलाई शाहीले अपिल गर्नु भएको छ । बाटोमा स्याउ थन्किए पछि कुइने डर भए पछि व्यापारी पनि निकै चिन्तामा परेका छन् ।

सड्क चाँडै संचालनमा ल्याएर जुम्लाको स्याउ गन्तव्यमा पुर्याएर किसानलाई घाटा नआहोस् भन्ने उद्येश्यले कर्णाली प्रदेशको कार्यालय सुर्खेतमा पुगेर मुख्य मन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको शाहीले बताए ।

यस्तो राम्रो कार्य गरेकाले सामाजिक संजालमा पनि शाहीलाई धन्यवाद दिनेहरुको निकै सङ्ख्या बढेको देखिन्छ । शाहीले वडा भित्रको कार्यलाई ध्यानमा राखी यो सिचनमा च्याउको भएकाले कृषकले आर्थिकमा घाटा पाउने भएकाले वडा अध्यक्ष सड्क संचालन गर्नमा लागि परेका हुन ।

साताकाे चर्चित
सम्बन्धित