कनकसुन्दरीमा करेन्ट लागेर एक जनाको मृत्यु
कनकसुन्दरीमा करेन्ट लागेर एक जनाको मृत्यु
    • उमेश बुढा

    • १५ भाद्र २०८१, शनिबार

जुम्ला ।

कनकासुन्दरी गाउँपालिका वडा नम्बर २ मालिका बोताको पुनलेखमा राष्ट्रिय विद्युत प्राधिकरणको लाइनले करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

८४ वर्षीया गोरे रावतको घटना स्थलमा मृत्युु भएको स्थानीय खिम रावतले जानकारी दिनु भएको छ । घर भन्दा बाहिर विद्युतको तार जथाभावी तरिकाले पोलमा जडान गरेर वृद्धलाई राती बाहिर पिसाब गर्न आएको बेला करेन्ट लागेर मृत्यु भएको रावतले बताए ।

घटनामा प्रहरी चौकी काब्राबाट प्रहरीको टोली जाँदै गरेको छ । थप घटनाको जानकारी आउन भने बाँकी नै छ ।

साताकाे चर्चित
सम्बन्धित