जुम्ला ।
जुम्लाको गुठिचौर गाउँपालिका स्थित गुठिचौर क्षेत्रमा पर्यटन प्रर्वद्धन गर्नका लागि प्याराग्लाइडिङ महोत्सव हुने भएको छ ।
गुठिचौर गाउँपालिकाको पर्यटन प्रवद्धन गर्नको लागि गुठिचौरमा प्याराग्लाइडिङ महोत्सव हुने भएको हो । गुठिचौर गाउँपालिकाको आयोजनामा यही भाद्र २५ गते देखि ३० गते सम्म प्याराग्लाइडिङ महोत्सव तथा खुल्ला पुरुष भलिबल प्रतियोगिता र खुल्ला महिला देउडा प्रतियोगिताको आयोजना हुन लागेको गुठिचौैर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत धुब्रराज गिरीले जानकारी दिए ।
उनका अनुसार प्याराग्लाइडिङ उडान गरी शुरु हुने महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रम गरिने बताए । यसअघि नै गुठिचौर गाउँपालिकाको डाब बाट प्याराग्लाइडिङको परीक्षण उडान भई सकेको छ । गुठिचौर क्षेत्रलाई पर्यटनको नयाँ गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको गुठिचौर गाउँपालिकाका अध्यक्ष दान बहादुर बुढाले बताए ।
उनका अनुसार महोत्सवको पहिलो दिन भाद्र २५ गते बिभिन्न कार्यक्रम गरि प्याराग्लाइडिङ महोत्सवको उद्घाटन हुने बताए । महोत्शवमा खुल्ला पुरुष भलिबल, खुल्ला महिला देउडा प्रतियोगिता समेत हुन लागेको छ । खुल्ला पुरुष भलिबल प्रतियोगितामा प्रथम हुने टिमका लागि ५० हजार नगत सहित प्रमाणपत्रको पुरस्कारको ब्यवस्था गरिएको छ ।
यस्तै दृतिय टिमलाई ३० हजार र तृतिय टिमलाई २० हजारको ब्यावस्था गरिनुका साथै प्रथम हुने टिम बाट २ जना दृतिय हुने टिम बाट २ जना र तृतिय हुने टिम बाट १ जना लाई प्याराग्लाइडिङ उडानमा सहभागी गराइने आयोजकले जनाएको छ । यस्तै खुल्ला महिला देउडा प्रतियोगिताकामा प्रथम हुने टिमलाई २० हजार, दृतिय हुने टिमलाई १५ हजार र तृतिय हुने टिमलाई १० हजार सहित प्रमाणपत्रको व्यावस्था गरिएको छ । भलिबलका लागि ५ हजार र देउडा प्रतियोगिताका लागि ३ हजार टिम दर्ता शुल्क लाग्ने गाउँपालिकाले जनाएको छ ।