भाषा आयोगले राष्ट्रपति रामचन्द्र पौडेललाई आयोगको वार्षिक प्रतिवेदन बुझाए
भाषा आयोगले राष्ट्रपति रामचन्द्र पौडेललाई आयोगको वार्षिक प्रतिवेदन बुझाए
    • बेल संचार

    • १९ भाद्र २०८१, बुधबार

काठमाडौँ ।

भाषा आयोगले राष्ट्रपति रामचन्द्र पौडेललाई आयोगको वार्षिक प्रतिवेदन बुझाएको छ । बुधबार राष्ट्रपति पौडेललाई आयोगका अध्यक्ष गोपाल ठाकुरले वार्षिक प्रतिवेदन बुझाएका हुन् ।

भाषा आयोगका अध्यक्ष गोपाल ठाकुरले प्रतिवेदन बुझाउँदै कार्यक्रमहरू तर्फ बजेट कम रहेकोले कामहरू धेरै मात्रामा गर्न असफल रहेको उल्लेख गरे ।

उनले २०८० र ८१ मा कार्यक्रमहरू तर्फ बजेट कम रहेको बताए ।

उनले  भने, ‘२०८० र ८१ मा कार्यक्रमहरू तर्फ बजेट शून्यता रह्यो, त्यस कारण हामीले अपेक्षित हाम्रा कार्यक्रमहरू थिए तर, बजेट अभावले  ती कार्यक्रमहरू अगाडि बढाउन सकेनौँ ।

लोप हुन लागेका भाषाहरूको रक्षाका लागि त्यसमा गर्नुपर्ने अभिमुखीकरणका कामहरू  र त्यसै गरी भाषाको पुस्तान्तरणका लागि सञ्चालित हुँदै  आएका कक्षाहरू  जस्ता कामहरू हामीले अगाडि बढाउन सकेनौँ ।

’साथै उनले प्रदेश सरकार र स्थानीय सरकारहरूसँगको सहकार्यमा मातृभाषा शिक्षाका लागि अभिमुखीकरणका कामहरू  गरेको बताए । उनले पहिलादेखि कक्षा सञ्चालन भएका ठाउँमा अनुगमन गर्न सफल भएको बताए ।

साताकाे चर्चित
सम्बन्धित