पहिरोका कारण अवरुद्ध बनेको पृथ्वीराजमार्ग सञ्चालनमा
पहिरोका कारण अवरुद्ध बनेको पृथ्वीराजमार्ग सञ्चालनमा
    • बेल संचार

    • २२ भाद्र २०८१, शनिबार

चितवन ।

पहिरोका कारण अवरुद्ध बनेको पृथ्वीराजमार्ग सञ्चालनमा आएको छ ।

जिल्ला प्रहरी कार्यालय  चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार इच्छाकामना गाउँपालिका वडा नम्बर ३ फिस्लिङ नजिकै आज बिहान साढे ७ बजे आसपासमा सुक्खा पहिरो खसेर राजमार्ग दुईतर्फी अवरुद्ध बनेको  थियो । सडक विभागको समन्वयमा पहिरो हटाएपछि पौने ९ बजेदेखि यातायात  दुईतर्फी नै सञ्चालनमा आएको प्रहरी नायब उपरीक्षक रिजालले जानकारी दिए

साताकाे चर्चित
सम्बन्धित