सिँजामा मोतिबिन्दु खोज पड्ताल शिविर सम्पन्न
सिँजामा मोतिबिन्दु खोज पड्ताल शिविर सम्पन्न
    • उमेश बुढा

    • २२ भाद्र २०८१, शनिबार

 जुम्ला ।

सिँजाको नराकोट स्वास्थ्य चौकीमा मोतिबिन्दु अप्रेसन पड्ताल शिविर बिहिवार सम्पन्न भएको छ ।

सिँजा गाउँपालिकाले आँखाका बिरामीहरुका लागि वर्ष वर्षमा पटक पटक आँखा सम्बन्धि शिविर सञ्चालन गर्दै आएको छ ।

यो क्षेत्रमा धुलो , धुवा , पानी र हावाको प्रदुषण भएको कारणले गर्दा आँखाका बिरामी हुने गर्दछन् ।

सिँजा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ललित रोकायाका अनुसार आँखा स्क्रिनिक गर्नेमा २१९ जना मध्ये पुरुष अप्रेसन २० जना , महिला अप्रेसन १९ जना गरि जम्मा आँखाको अप्रेसन गर्ने सङ्ख्या ३९ जनालाई रेफर गरिएको छ ।

पढाएका आँखाका विरामीको भाद्र २२ र २४ गते उपचारको लागि कास जुम्ला रेफर गरिएको रोकायाले बताउनु भयो ।

साताकाे चर्चित
सम्बन्धित