सोमबार साँझ ६ बजे मन्त्रिपरिषद्को बैठक बस्दै
सोमबार साँझ ६ बजे मन्त्रिपरिषद्को बैठक बस्दै
    • बेल संचार

    • २४ भाद्र २०८१, सोमबार

काठमाडौँ ।

मन्त्रिपरिषद्को बैठक सोमबार साँझका लागि बोलाइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेगरी साँझ ६ बजेका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक बोलाएका हुन् ।

बैठकले केही सरुवा बढुवासहित विभिन्न विषयमा निर्णय लिने प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ।

यसअघि बिहीबार बसेको बैठकले प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृति सहितका दुई दर्जन हाराहारीमा निर्णय गरेको थियो ।

साताकाे चर्चित
सम्बन्धित