जुम्ला ।
हिमा गाउँपालिकाको बड्कीमा भएको भलिबल एकलाखको राशी देवारगाउँले पाएको छ ।
कालाशिल्लाको पैठको अवसरमा सुरेन्द्र शाही स्मृति क्लव हिमा गाउँपालिका वडा नम्बर १ बड्कीले भलिबलको आयोजना र हिमा गाउँपालिकाको आर्थिक सहयोगमा भएको भलिकलको एक लाखको राशी जैधन शाही स्मृति प्रतिष्ठान देवारगाउँले पाएको छ ।
जैधन शाही स्मृति प्रतिष्ठान देवारगाउँ प्रथम , मस्टा बहुउद्देश्यीय सहकारी संस्था बुअ द्वितीय र हिमा ७ को भलिबलको टिम तृतीय भएको सुरेन्द्र शाही स्मृति क्लवका अध्यक्ष अमृत शाहीले जानकारी दिनु भयो ।
शाहीका अनुसार उक्त आयोजनामा १२ टिम खेलमा सहभागी भएको र कनकासुन्दरी , सिँजा , हिमा र कालिकोटको पलाता गाउँपालिकाबाट खेलाडीहरु सहभागी भएका थिए । १२ टिम मध्ये देवारगाउँको टिम प्रथमले रु एकलाख , बुअको टिम द्वितीय पचहतर र हिमा ७ को टिमले पचास हजारको राशी पाएका क्लवका अध्यक्ष शाहीले बताए ।
हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीका अनुसार आफू निर्वाचित भए देखि पालिका भित्रका खेलाड उत्पादन गर्न र दक्ष खेलाडी उत्पादन गरि राष्ट्र , अन्तर्राष्ट्रिय स्तरीय खेलाडी जर्माउनको लागि हिमाका वडा वडामा पटक पटक भलिबलको आयोजना राख्दै आएका छौं ।
अबका दिनहरुमा पनि हिमाको अन्य वडामा विभिन्न खेलकुदको आयोजना पनि गरिने शाहीले बताउनु भयो । र सम्पूर्ण सहभागी टिम , विजयी भएका टिम , एम्पार , आयोजक , खेल्नको लागि खेल मैदान दिने कालिका मावि परिवार र खेललाई सान्ति रुपमा सु सम्पन्नका साथ सफल पार्नु हुने सबैलाई शाहीले धन्यवाद समेत दिएका छन् ।
स्वास्थ्य र सभ्य जीवनका लागि मर्यादित खेलकुद भन्ने नाराका साथ हिमा १ बड्कीको कालिका माध्यमिक विद्यालयमा भएको खुल्ला पुरुष भलिबलको आयोजनामा सहभागी टिमलाई धन्यवादका साथै विजयी टिमलाई उत्तर उत्तर प्रगतिको कामना सहित धन्यवाद समेत हिमा गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख दन्तराज रावतले दिनु भएको छ ।
भाद्र २४ र २५ गते भएको भलिबल खेल शान्त रुपमा सु सम्पन्न भएको छ । यस पालिकामा पटक पटक यस्ता खेलको आयोजना गर्दै आएका छन् । र अझै अन्य वडामा पनि आयोजना गर्दै जाने भएको छ । यसले गर्दा खेलाडीमा हौसला मिल्ने र खेल खेल्नमा खेलाडीलाई उत्साहजनक बनाएको छ । हिमा गाउँपालिकाले खेलक्षेत्रलाई प्राथमिकता दिदै आर्थिकको सहयोग गर्दै आएको छ ।
यस पालिकाको खेल हिमाको कालिका माध्यमिक विद्यालय बड्कीमा भएको थियो । भन्ने अबका आयोजना अन्य स्थान र विद्यालयमा हुने भएका छन् ।