कनकासुन्दरी मावि लुड्कूका कर्मचारीलाई विव्यसले दियो झोला
कनकासुन्दरी मावि लुड्कूका कर्मचारीलाई विव्यसले दियो झोला
    • उमेश बुढा

    • २९ भाद्र २०८१, शनिबार

जुम्ला ।

कनकासुन्दरी माध्यमिक विद्यालयका कर्मचारीलाई विद्यालय व्यवस्थापन समितिले शुक्रबार झोला वितरण गरेको छ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष शैलेन्द्र खत्रीका अनुसार शिक्षक शिक्षिकाले विद्यालयमा शैक्षिक सामाग्री ल्याउनलाई कर्मचारीलाई सहज होस भन्ने उद्येश्यले झोला दिएको हो ।

कर्मचारीहरुलाई प्रोत्साहन गर्नको लागिर आगामी दिनहरुमा पनि कर्मचारीलाई हौसला दिनको लागि २७ जना कर्मचारीलाई विद्यालय व्यवस्थापन समिति लुड्कूले झोला दिएको अध्यक्ष खत्रीले बताउनु भयो ।

कनकासुन्दरी माध्यमिक विद्यालय लुड्कूका २७ जना कर्मचारीलाई सोहि विद्यालय व्यवस्थापन समितिले २७ वटा झोला प्रोत्साहनको लागि झोला दिएको छ ।

खत्री यस विद्यालयमा अध्यक्ष भए देखि विद्यालयमा शैक्षिक सुधारका लागि विभिन्न कार्य गर्दै आएका छन् । अझै भौतिक र शैक्षिक स्तरलाई माथि उठानको लागि जोड दिएका छन् ।

साताकाे चर्चित
सम्बन्धित