उपप्रधानमन्त्री प्रकाशमान सिंह : काठमाडौंलाई हेर्न लायक सहर बनाउँछौँ
उपप्रधानमन्त्री प्रकाशमान सिंह : काठमाडौंलाई हेर्न लायक सहर बनाउँछौँ
    • बेल संचार

    • ३० भाद्र २०८१, आईतवार

काठमाडाैं ।

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौँ उपत्यकालाई बस्न लायक सहर बनाउन सरकार लागिपरेको बताएका छन् ।

कीर्तिपुरमा आज आयोजित नेपाल ट्रेड युनियन कांग्रेसको काठमाडौँ प्रथम जिल्ला परिषद्लाई सन्देश दिँदै उपप्रधानमन्त्री सिंहले राजनीतिक स्थिरताका लागि देशका दुई प्रमुख दलको सहकार्यमा वर्तमान सरकार गठन भएको बताए ।

कांग्रसका केन्द्रीय सदस्य एवं काठमाडौँ क्षेत्र नं १० का प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार केसीले ट्रेड युनियन ध्यान अब मुलुकको स्रोत साधनलाई कसरी उच्चतम रुपमा उपयोग गर्ने र युवा शक्तिलाई देशकै श्रम बजारतर्फ कसरी अकर्षित गर्ने भन्नेमा जानुपर्ने बताए । कांग्रेसका केन्द्रीय सदस्य एवं पार्टीको ट्रेड युनियन विभाग प्रमुख हरिशरण नेपालीले ट्रेड युनियन बलियो भए मात्र कांग्रेस बलियो हुने बताए ।

साताकाे चर्चित
सम्बन्धित