सुनको मूल्य हालसम्मकै उच्च
सुनको मूल्य हालसम्मकै उच्च
    • बेल संचार

    • ३० भाद्र २०८१, आईतवार

काठमाडौं ।

सुनको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै गएको छ । शुक्रबारको तुलनामा आइतबार सुन प्रतितोला ५ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ५६ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ५६ हजार ३ सय रुपैयाँ थियो ।

अमेरिकाकाको केन्द्रीय बैंक फेडरल रिजर्भ बैंकले ब्याजदर घटाउने चर्चाले अन्तर्राष्ट्रिय बजारमा सुन महँगिएको सञ्चारमाध्यम रोयटर्सले जनाएको छ ।

यो साता नै फेडरल रिजर्भ बैंकले सन्दर्भ ब्याजदर घटाउने करिब निश्चित भएसँगै लगानीकर्ता सुनमा आकर्षित हुँदा मूल्य बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

फेडले सेप्टेम्बर १७ वा १८ मा ०.५० प्रतिशत विन्दुले सन्दर्भ ब्याजदर घटाउने अनुमान छ । हाल फेडको सन्दर्भ ब्याजदर सीमा ५.२५ देखि ५.५० प्रतिशत छ ।

चाँदीको मूल्य आइतबार तोलामा ४० रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १८६० रुपैयाँ रहेको चाँदी आज १९०० कायम भएको छ ।

साताकाे चर्चित
सम्बन्धित