पत्रकार शर्मिला विश्वकर्मा केशावती मास्के अपाङ्गता तर्फ उत्कृष्ट सेवा पुरस्कार २०७४ बाट सम्मानित
पत्रकार शर्मिला विश्वकर्मा केशावती मास्के अपाङ्गता तर्फ उत्कृष्ट सेवा पुरस्कार २०७४ बाट सम्मानित
    • बेल संचार

    • ३० भाद्र २०८१, आईतवार

 धुलिखेल ।

नेपाल दृष्टिविहीन कल्याण संघले काभ्रेको धुलिखेलमा आफ्नो केन्द्रको ३७ औ अधिवेशनका अवसरमा अपाङ्गता क्षेत्रमा विभिन्न विधामा योगदान पुर्याोएका अपाङ्गता भएका व्यक्तिहरूलाई पुरस्कृत तथा सम्मान गरिएको छ । नगरपालिकाका मेयर अशोक कुमार ब्याञ्जु श्रेष्ठले प्रमुख अतिथि रहनु भएको नेपाल दृष्टिविहीन कल्याण संघ केन्द्रीय सभाको ३७ औ अधिवेशन समुद्घाटन कार्यक्रममा केशावती मास्के अपाङ्गता तर्फ उत्कृष्ट सेवा पुरस्कार २०७४ लगायत ७ विधाका पुरस्कारहरू प्रदान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि एवं धुलिखेल नगरपालिकाका मेयर अशोक कुमार ब्याञ्जु श्रेष्ठ, विशेष अतिथि यसै नगरपालिकाका उपमेयर नीराजन जङ्गम लगायतका अतिथिले अपाङ्गता जगतमा योगदान पुर्या एका अपाङ्गता भएका व्यक्तिहरूलाई सम्मान गर्नु भयो । सम्मानित हुनेहरूमा पत्रकारिता मार्फत अपाङ्गता क्षेत्रमा योगदान पुर्या उनु भएको भनी पोखरा महानगरपालिका वडा नं २६ कास्की की शर्मिला विश्वकर्मालाई केशावती मास्के अपाङ्गता तर्फ उत्कृष्ट सेवा पुरस्कार २०७४ बाट सम्मानित हुनु भयो ।

उत्कृष्ट शाखा पुरस्कारबाट यसै संघका निवर्तमान अध्यक्ष अजयरत्न स्थापितबाट संघ अन्तर्गतका शाखाहरू मध्येबाट जिल्ला शाखा काभ्रे लाई रु ५०,००० ।- हजारबाट सम्मानित गरियो भने त्यसै गरी डा.लक्ष्मी नारायण प्रतिभा पुरस्कारबाट २०८० मा माध्यमिक शिक्षा परीक्षामा दृष्टिविहीन विद्यार्थीहरूको तर्फबाट सर्वोत्कृष्ट अङ्क प्राप्त गर्ने पृथ्वीनारायण मा.विद्यालय, गोलढुँगा काठमाडौँकी छात्रा कोपिला तामाङ (३.७४ GPA ल्याउन सफल ) र लेवोरेटरी विद्यालय कीर्तिपुर काठमाडौँका छात्रा रोशन गौतम (३.७२ GPA ल्याउन सफल ) लाई प्रदान गरियो ।

सो कार्यक्रममा विष्णुदेवी नारायण गोविन्द पुरस्कारबाट २०८० मा माध्यमिक शिक्षा परीक्षामा दृष्टिविहीन विद्यार्थीहरूको तर्फबाट सर्वोत्कृष्ट अङ्क प्राप्त गर्ने पृथ्वीनारायण मा.विद्यालय, गोलढुँगा काठमाडौँकी छात्रा कोपिला तामाङ (३.७४ GPA ल्याउन सफल ) लाई प्रदान गरियो । त्यसै गरी गौरी – तुल्सी पुरस्कारबाट शिक्षक सत्र २०८० मा कक्षा १२ मा सर्वोत्कृष्ट अङ्क प्राप्त गर्न सफल दृष्टिविहीन वा न्यूनदृष्टियुक्त छात्राहरू मध्ये अमर सिंह माध्यमिक विद्यालय पोखरा कास्कीकी समीक्षा काफ्ले (३.३३ GPA ल्याउन सफल ) समीक्षा काफ्लेलाई प्रदान गरियो भने ज्योति के.सी. प्रतिभा पुरस्कारबाट स्नातक तहमा सर्वोत्कृष्ट अङ्क ल्याई स्नातकोत्तर तहमा अध्ययनरत पोखराकी रिता थापालाई र हेमन्त नीलिमा पौडेल स्मृति पुरस्कारबाट ल क्याम्पसमा अध्ययनरत न्यूनदृष्टियुक्त अपाङ्गता भएकी महिला रोशनी अधिकारीलाई प्रदान गरिएको थियो ।

 

यसै क्रममा प्रमुख अतिथि धुलिखेल नगरपालिकाका मेयर अशोक कुमार ब्याञ्जु श्रेष्ठले धुलिखेल नगरपालिकालाई अपाङ्गता मैत्री सहर बनाउने कार्यको सुरुवात गरिएको भन्दै रोटरी क्लबसँग सहकार्य गरेर धुलिखेल र अन्य जिल्लाहरूमा रहेका ह्विलचियर अपाङ्गता भएका व्यक्तिहरूलाई १ हजार ह्विलचियर वितरण गरेको, कार्यालयमा लिफ्ट राख्ने, २ वटा अपाङ्गता मैत्री शौचालय निर्माण गर्ने, उनीहरूको स्वास्थ्य बिमा लगायतका विभिन्न कार्यहरू गर्दै आएको भन्दै यस नगरपालिका सधैँ अपाङ्गता भएका व्यक्तिहरूका सवाल प्रति संवेनदशिल हुने बताउनु भयो ।

कार्यक्रममा महासचिव पवन घिमिरेले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै यस आर्थिक वर्षमा संस्थाले गरेका विभिन्न गतिविधिहरूको बारेमा प्रस्ट पार्नु भयो । संस्थाका काभ्रे, कास्की, कैलाली, बारा, सिराहा, र सुनसरीमा शाखाहरू स्थापना भएका भन्दै १५ जिल्लामा अपाङ्गता भएका व्यक्तिहरूका लागि पुनर्स्थापना सेवा सञ्चालन, राष्ट्रिय ब्रेल पुस्तक सञ्चालन, ब्रेल पुस्तक छपाई र वितरण, छात्रवृत्ति वितरण, आँखाको परीक्षण, व्यापार व्यवसाय गर्नेलाई ऋण उपलब्ध लगायतका कार्यहरू सञ्चालन भएको बताउनु भयो ।

साथै उहाँले हाल सम्म यस संस्थाबाट ५,०२७ जनालाई गमनशीलताको तालिम प्रदान गरिएको, १,४,१३ जनालाई व्यावसायिक सीप मूलक तालिम प्रदान गरिएको, १,१,५४ जनालाई आय मूलक कार्यक्रम अन्तर्गत ऋण उपलब्ध गराइएको, ३०,१२,६७ जनाको आँखाको जाँच गरिएको ११,७,५७ जनाको मोतिया विन्दुको शल्यक्रिया गरिएको बताउनु भयो ।

त्यसै गरी हाल सम्म यस संस्थाबाट ९ सय ९२ जना दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरू पुस्तकालयबाट लाभान्वित भएको ३ सय ८३ जना विद्यार्थीहरूलाई विद्यालय तह, कक्षा ११ र १२ तथा उच्च शिक्षाको लागि छात्रवृत्ति पनि प्रदान गरिएको बताउनु भयो । त्यसै गरी नेपाल दृष्टिविहीन कल्याण संघका केन्द्रीय अध्यक्ष तीर्थराज वन्तले पछिल्लो समयमा स्थानीय निकायहरूले पनि अपाङ्गता भएका व्यक्तिहरूका सवालहरूलाई संशोधन गर्न थालेको भन्दै र अबका दिनमा उनीहरूको हक हितको लागि सबै निकायहरूले पूर्ण रूपमा काम गर्नु पर्ने कुरामा जोड दिँदै पुरस्कृत तथा सम्मानित हुने सबैलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भयो ।

साताकाे चर्चित
सम्बन्धित