काठमाडाैं ।
संवैधानिक परिषद्को बैठक आज बस्दै छ । परिषद्को बैठक साँझ ५ बजे बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।
२८ भदौमा बसेको बैठक कुनै निर्णय नगरी सकिएको थियो । प्रधानन्यायाधीश सिफारिसका विषयमा बैठकमा छलफल हुने छ ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ आगामी असोज १८ गतेदेखि ६५ वर्षे उमेरहदका अवकाशमा जाँदै छन् ।
न्यायपरिषद्को बैठकले वरिष्ठतम न्यायाधीश प्रकाशमान सिंह राउत, सपना प्रधान मल्लसहित ८ न्यायाधीशको संवैधानिक परिषद्मा पठाइसकेको छ ।
प्रधानमन्त्रीको अध्यक्षता रहने संवैधानिक परिषद्मा सभामुख, प्रधानन्यायाधीश, राष्ट्रियसभा अध्यक्ष, विपक्षी दलका नेता र उपसभामुख सदस्य रहने व्यवस्था छ ।