राष्ट्रपतिसमक्ष चार देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश
राष्ट्रपतिसमक्ष चार देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश
    • बेल संचार

    • १ आश्विन २०८१, मंगलवार

काठमाडौं । 

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न चार मुलुकका नवनियुक्त गैरआवासीय राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।
राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा नेपालका लागि गणतन्त्र अजरवैजानका  गैरआवसीय राजदुत एल्चिन हुसेन्ली, गणतन्त्र कोलम्बियाकागैरआवसीय राजदुत, भिक्टर इचेभेरी जरामिलो, नेदरल्याण्डका गैरआवसीय राजदुत मारी लुइसा जेरार्ड्स र गणतन्त्र इस्टोनियाका गैरआवसीय राजदुत  मार्जे लुपले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।

सो अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो । नवनियुक्त राजदूतहरूलाई काठमाडौंस्थित होटल दुसित प्रिन्सेसदेखि राष्ट्रपति भवनसम्म रिसल्ला सहितको बग्गीमा सवार समेत गराइएको थियो ।

साताकाे चर्चित
सम्बन्धित