काठमाडाैं ।
युरोपको सबैभन्दा प्रतिष्ठित क्लब फूटबल प्रतियोगिता च्याम्पियन्स लिग आज (मंगलवार) रातिदेखि शुरू हुँदैछ । यो सिजनदेखि च्याम्पियन्स लिग नयाँ ढाँचाका शुरू हुन लागेको हो । नयाँ सिजनबाट ३२ को ठाउँमा समूह चरणमा ३६ टोलीले प्रतिस्पर्धा गर्दैछन् । समूह चरण अब ’लिग फम्र्याट’मा खेलाइने छ ।
चार पटबाट गरिने ड्रअनुसार हरेक क्लबले ८ प्रतिस्पर्धी टोली पाएका छन् । जसमा एक टोलीले ४ होम र ४ अवे गरी कूल ८ खेल खेल्नुपर्ने छ
लिग चरणका खेल सकिँदा १ देखि ८ स्थानसम्म रहेका क्लबले सोझै अन्तिम १६ मा प्रवेश पाउनेछन् । त्यसपछि ९ देखि २४ स्थानसम्मका टोलीले भने एकअर्काविरुद्ध प्लेअफ राउन्डमा खेल्नेछन् । प्लेअफ राउन्ड नकआउट फर्म्याटमा हुनेछ ।
समूह चरणका खेल सकिँदा अंकका आधार २५ देखि ३६ स्थान सम्मका ११ टोली भने रेलिगेसनमा जानेछन् । रेलिगेसनमा गएका यी ११ टोलीले अर्को सिजन खेल्न पाउने छैनन् । अर्को सिजन वरीयताका आधारमा नयाँ टोलीले प्रतियोगितामा प्रवेश पाउने नियम रहेको छ ।
पहिलो खेलमा स्विस क्लब योङ ब्वाइज र इंग्लिस क्लब एस्टन भिल्ला तथा इटालियन क्लब युभेन्टस र डच क्लब पीएसभीबीच प्रतिस्पर्धा हुनेछ । यो खेल नेपाली समयअनुसार राति १०ः३० बजे शुरू हुनेछ ।
यी हुन् आज राति हुने ६ खेलः
योङ ब्वाइज भर्सेस एस्टन भिल्ला – राति १०ः३० बजे
युभेन्टस भर्सेस पीएसभी – राति १०ः३० बजे
रियल म्याड्रिड भर्सेस स्टुटगार्ट – मध्यराति १२ः४५ बजे
बार्यन म्युनिख भर्सेस डाइनामो जाग्रेब – मध्यराति १२ः४५ बजे
स्पोर्टिङ लिस्बन भर्सेस लिल– मध्यराति १२ः४५ बजे
एसी मिलान भर्सेस लिभरपुल – मध्यराति १२ः४५ बजे ।