कनकासुन्दरीमा ९७ प्रतिशत साक्षरता
कनकासुन्दरीमा ९७ प्रतिशत साक्षरता
    • उमेश बुढा

    • ५ आश्विन २०८१, शनिबार

जुम्ला 

कनकासुन्दरी गाउँपालिकामा ९७ प्रतिशत सारक्षता रहेको छ ।

बहु भाषिक शिक्षाको प्रर्वद्वन पारस्परिक समझदारी र शान्तिको लागि साक्षरता भन्ने मूल नाराका साथ पालिका साक्षर घोषणा गरिएको छ ।

कनकासुन्दरी गाउँपालिको आयोजना र विभिन्न संघ संस्थाको आर्थिक सहयोगमा पालिका साक्षर सार्वजनिक घोषणा कार्यक्रम कनकासुन्दरी माध्यमिक विद्यालय लुड्कूमा शुक्रबार सम्पन्न भएको छ ।

शिक्षा युवा तथा खेलकूद शाखा प्रमुख जीवन रोकायाका अनुसार कनकासुन्दरी गाउँपालिकाद्वारा आयोजित आर्थिक वर्ष २०८० र ०८१ मा गरिएको घरधुरी सर्वेक्षण अनुसार गाउँपालिकाको कूल जनसंख्या १३ हजार ६ सय २५ मध्ये १५ वर्ष देखि ६० वर्ष उमेर समुहको सारक्षरता ९७ प्रतिशत पुगेकाले सारक्षरता समितिको सिफारिस तथा गाउँपालिकाको मिति २०८१ साल असोज ३ गतेको निर्णय अनुसार आगामी दिनहरुमा यस पालिकाको निरक्षर शिक्षा तर्फ उन्मुख गरि पूर्ण साक्षर पालिका बनाउने प्रतिबद्वताका साथ लागि रहने छौ ।

जुम्लाका ८ स्थानीय तह मध्ये ५ वटा स्थानिय तहले सारक्षर पालिका घोषणा गरि सकेको छ । भने ३ वटा तिला , तातोपानी र गुठीचौर गाउँपालिका सारक्षर घोषणा गर्ने पाँकी रहेको जिल्ला समन्वय समितिका प्रमुख गौरी प्रसाद आचार्यले बताउनु भयो ।

आचार्यका अनुसार अब सबै पालिकाले सारक्षर पालिका घोषणा गरि सके पछि जुम्ला जिल्ला सारक्षर जिल्ला घोषणा गर्न तयारी गर्नेछौं ।

उक्त कार्यक्रमको उद्घाटन कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले गर्नु भएको थियो । उहाँले घोषणा कार्यक्रमको प्रतिवद्वता पत्रमा हस्ताक्षर गर्नु भएको छ । कार्यक्रममा विभिन्न विद्यालयले सास्कृतिक नृत्य स्तुत गरेका थिए । कार्यक्रम बाजागाजा सहित र्‍याली गर्दै घोषणा गरिको छ । एक औपचारिक कार्यक्रमका साथ कनकासुन्दरी पालिका सारक्षर पालिका घोषणा भव्यका साथ सम्पन्न भएको छ

साताकाे चर्चित
सम्बन्धित