अर्थमन्त्रीसँगको भेटमा आईएमएफ उपनिर्देशक गुप्ताले भनिन्- नेपालको अर्थतन्त्र सुधार हुँदैछ
अर्थमन्त्रीसँगको भेटमा आईएमएफ उपनिर्देशक गुप्ताले भनिन्- नेपालको अर्थतन्त्र सुधार हुँदैछ
    • बेल संचार

    • ६ आश्विन २०८१, आईतवार

काठमाडाैं।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को एसिया प्रशान्त क्षेत्रका उपनिर्देशक रुपादत्त गुप्ताले नेपालको अर्थतन्त्र सुधार हुँदै गएको बताएकी छिन् ।

आइतबार अर्थ मन्त्रालयमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भएको भेटवार्तामा उपनिर्देशक गुप्ताले नेपालको अर्थतन्त्र सुधार हुँदै गएको बताएकी हुन् ।

उनले नेपालमा लगानी सहजीकरणसम्बन्धी कानूनहरू परिमार्जन हुँदै गएको तथा राजस्व परिचालन रणनीति कार्यान्वयनमा आएको बताइन् ।

भेटमा अर्थमन्त्री पौडेलले अर्थतन्त्रलाई सुदृढ गर्न सरकारले योजनाबद्ध रूपमा काम गरिरहेको जानकारी दिए ।

साताकाे चर्चित
सम्बन्धित