न्युयोर्क ।
प्रधानमन्त्री केपी शर्मा ओली र कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल थानीबिच भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीद्वय ओली र थानीबिच बिहीबार अमेरिकाको न्युयोर्कमा भेटवार्ता भएको हो ।
संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओली र थानीबिच दुई पक्षीय भेटवार्ता भएको प्रधानमन्त्री ओलीको सचिवालयले जानकारी दिएको छ ।
राष्ट्रसङ्घका लागि कतारको स्थायी नियोगको कार्यालयमा भएको भेटमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललगायत सहभागी रहेका थिए ।