काठमाडौँ ।
सुरक्षा र न्याय अध्ययन केन्द्रको साधारणसभा सम्पन्न भएको छ । अध्ययन केन्द्रको १६ औँ साधारणासभा काठमाडौँमा सम्पन्न भएको संस्थाका अध्यक्ष तथा पूर्वएआईजी सुरेन्द्रबहादुर शाहले रातोपाटीलाई बताए । साधारण सभामा सशस्त्रका आईजीपी राजु अर्याल, पूर्व महानिरीक्षकहरू, पूर्व कानुनमन्त्री ध्रुवबहादुर प्रधान लगायत उपस्थित थिए ।
साधारण सभामा सहभागीहरूले सुरक्षा तथा न्याय अध्ययन केन्द्रलाई विकास गरेर सुरक्षा निकाय र समाजले उपयोग गर्नुपर्ने बताएका छन् ।
केन्द्रले आगामी दिनमा आन्तरिक सुरक्षा, नागरिक सुरक्षा, विपद् व्यवस्थापन, लागु औषध, सड्क सुरक्षा र सत्य निरूपण तथा मेलमिलाप प्रक्रियामा सहयोगी भूमिका निर्वाह गर्ने अध्यक्ष पूर्वएआईजी सुरेन्द्रबहादुर शाहले जानकारी दिए ।