अविरल वर्षाका कारण धेरै स्थानमा सडकहरू बिग्रने क्रम जारी
अविरल वर्षाका कारण धेरै स्थानमा सडकहरू बिग्रने क्रम जारी
    • बेल संचार

    • १२ आश्विन २०८१, शनिबार

काठमाडौँ ।

ललितपुरको हात्तीवनमा सडक भासिँदा एक यात्रुवाहक बसको आधा भाग खाल्टोमा छिरेको छ ।

निरन्तर परेको पानीका कारण सडक कमजोर बनेपछि सडक भासिएको अनुमान गरिएको छ ।

शनिवार दिउँसो बस गुडिरहेका बेला सडकमा प्वाल परेपछि बसको आधा भाग अचानक खाल्टोमा फसेको हो ।

घटनास्थलमा उद्धारको काम सुरु गर्दै बसलाई सुरक्षित रूपमा निकाल्ने प्रयास जारी छ । सो दुर्घटनामा मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन ।

अविरल वर्षाका कारण धेरै स्थानमा सडकहरू बिग्रने क्रम जारी छ ।

साताकाे चर्चित
सम्बन्धित