सिँजामा ११ कनकासुन्दरीका ४५ जनालाई मोतीबिन्दु अप्रेसनको लागि जुम्ला रिफर गरियो
सिँजामा ११ कनकासुन्दरीका ४५ जनालाई मोतीबिन्दु अप्रेसनको लागि जुम्ला रिफर गरियो
    • उमेश बुढा

    • १४ आश्विन २०८१, सोमबार

जुम्ला ।

सिँजा ११ जना र कनकासुन्दरी गाउँपालिका ४५ जनालाई मोतीबिन्दु अप्रेसनको लागि नेपाल नेत्र ज्योती संघ चन्दननाथ आँखा अस्पताल जुम्लामा रेफर गरिएको छ ।

असोज १२ गते कनकासुन्दरी र सिँजा गाउँपालिकामा १३ गते निशुल्क मोतीविन्दु खोज पड्ताल शिविर सञ्चालन भएको थियो । उक्त शिविरबाट मोतीबिन्दु अप्रेसनको लागि छनोट गरिएका हुन ।

स्वास्थ्य शाखा कनकासुन्दरीमा कार्यरत जनस्वास्थ्य निरिक्षक बिरेन्द्र प्रसाद उपाध्यायका अनुसार कनककासुन्दरीमा १ सय ८६ जना मध्ये महिला १ सय ७ जना र पुरुष ७९ जनाको आँखा चेकजाँच गर्दा ४५ जनाको मोतीबिन्दु अप्रेसन गर्नु पर्नुे भएको हुँदा उनिहरुलाई जुम्ला पठाइएको छ ।

सिँजा गाउँपालिमा बोतीबिन्दु खोज पड्ताल शिविरमा ७२ जनाको चेकजाँच गर्दा महिला ४ जना , पुरुष ७ जना गरि ११ जनालाई जुम्ला रिफर गरिएको स्वास्थ्य शाखा प्रमुख ललित रोकायाले जानकारी दिनु भयो ।

नेपाल नेत्रज्योती संघ चन्दननाथ आँखा अस्पताल जुम्लाको आयोजना , रिडले आई फाउण्डेशन नेपालको आर्थिक सहयोग र नेपाल नेत्र ज्योती संघ राप्ती आँखा अस्पताल दाङको प्राविधिक सहयोगमा आँखा सम्बन्धि शिविर सञ्चालन भइएको आयोजकले बताएको छ ।

आयोजकका अनुसार कनकासुन्दरी र सिँजामा शिविर सकिएको छ । भने , १४ गते तिला र १५ गते पातारासीमा हुन भने बाँकी रहेको छ ।

जुम्लाका ४ वटा पालिकामा बसेको मोतीबिन्दु खोज पड्ताल शिविरबाट रिफर गरिएका आँखाका बिरामीको यहि कार्तिक ४ गतेदेखी ६ गते सम्म यस जिल्लामा रहेको नेपाल नेत्रज्योती संघ चन्दननाथ आँखा अस्पताल चन्दननाथ नगरपालिका ४ भारतिवाडा खलङ्गा जुम्लामा ४२ औं निशुल्क मोतीबिन्दु सल्यक्रिया शिविरमा अप्रेसन गरिने छ ।

साताकाे चर्चित
सम्बन्धित