दशैं अफर, के-के छन् सेवा सुविधा ? नेपाल टेलिकमको
दशैं अफर, के-के छन् सेवा सुविधा ? नेपाल टेलिकमको
    • बेल संचार

    • १४ आश्विन २०८१, सोमबार

काठमाडौं

नेपाल टेलिकमले नेपालीहरूको महान चाड  दशैं, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरूको अवसरमा दशैं अफर २०८१ सार्वजनिक गरेको छ ।​

अफरअन्तर्गत सहुलियत दरको भ्वाइस, डाटा तथा एफटीटीएचका प्याकेजहरू असोज १३ देखि आगामी कार्तिक २३ गतेसम्म उपलब्ध हुनेछन् ।

यस अफरअन्तर्गत साबिकको एफटीटीएचका प्याकेजहरूमा साबिककै मूल्यमा थप ब्यान्डविथ उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

५०, ७५, १००, १५० र २०० एमबीपीएस गतिका एफटीटीएच डाटा/कम्बो प्याकेजहरूमा ५० प्रतिशतसम्म क्षमता अभिवृद्धि गरी क्रमशः ७५, १००, १२५, १७५ र २२५ एमबीपीएस ब्यान्डविथ कायम गरिएको छ ।

यो अफर उल्लेखित समयावधिभित्र नयाँ सेवा जडान गर्ने एवं प्याकेज नवीकरण गर्ने सबै ग्राहकका लागि कायम रहने कम्पनीले जनाएको छ ।

साथै एफटीटीएच नयाँ जडानमा जडान शुल्क ५०० रुपैयाँ मिनाहासमेत गरिएको छ ।

यसैगरी दशैं अफरअन्तर्गत नै जीएसएम सेवाका ग्राहकहरूका लागि रु. ७९९ मा अल नेट अनलिमिटेड भ्वाइस सुविधा, ४५ जीबी डाटा र ५०० अल नेट एसएमएस सुविधासहितको ७९९ सजिलो अनलिमिटेड प्याकेज सञ्चालन गरिएको छ ।

साथै रु. २५० मा  १००० मिनेट अल नेट भ्वाइस सुविधा सहितको १००० मिनेट अल नेट भ्वाइस कल अफर र रु. ९९ मा १००० अन नेट एसएमएस सुविधाको १००० अन नेट एसएमएस प्याकेजसमेत सञ्चालनमा ल्याइएको छ ।

यी सबै प्याकेजहरूमा  प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनको समयावधि तोकिएको छ ।

आगामी कार्तिक २३ गतेसम्म आफ्नो मोबाइलबाट *1415*6# डायल गरेर वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरेर यी प्याकेजहरू खरिद गर्न सकिनेछ ।

आफ्नो आवश्यकता बमोजिमका प्याकेजहरू खरिद गरी दशैं अफर २०८१ बाट सेवाग्राहीलाई लाभ लिन पनि कम्पनीले आग्रह गरेको छ ।

साताकाे चर्चित
सम्बन्धित