जुम्लाका किसानले स्याउको मूल्य नपाउँदा पशुलाई खुवाउनको लागि लोप लाग्दा स्याउ काटे
जुम्लाका किसानले स्याउको मूल्य नपाउँदा पशुलाई खुवाउनको लागि लोप लाग्दा स्याउ काटे
    • उमेश बुढा

    • १४ आश्विन २०८१, सोमबार

 जुम्ला ।

पछिलो समयमा जुम्लालाई स्याउको साम्राज्य भनेर चिन्ने गरिन्छ ।

जुम्लाको सिँजा गाउँपालिका वडा नम्बर ४ गाडापानीमा स्याउ विक्रि नहुँदा त्यहाका ४ जना किसानले लोपलाग्दा स्याउका दाना पशुचौपायालाई हिउँदको समयमा खुवाउनको लागि काटेर सुकाएका छन् ।

स्याउ किसान रामकृष्ण बुढाका अनुसार गाउँमा व्यपारी स्याउ किनको लागि धेरै आए तर उनिहरुले प्रति केजीको रु ३५ रुपैयाँ सम्म दिए , हामी किसानले ४० रुपैयाँ प्रति केजीका दरले स्याउ लिनु भन्दा व्यपारीले लिन मानेनन् । ३५ रुपैयाँले स्याउ बेच्नु भन्दा गाई , भैसी बाख्रालाई हिउँदको समयमा दिन ठिक हुन्छ । भनेर स्याउका दाना काटेर सुकाएर राख्ने हिउँदको समयमा पशुचौपायालाई खुवाउने भनेर काटेको बुढाले बताए ।

सोहि गाउँका जय वहादुर बुढा , मान वहादुर बुढा , धन बुढा र रामकृष्ण बुढाका गरि ६ कुइन्टल भन्दा बढीका स्याउ काटेर सुकाएर पशुचौपायालाई खुवाउनको लागि लोप लाग्दा स्याउका दाना कटाकट काटिएका छन् ।

जुम्लामा उत्पादन भएका स्याउको बजारिकरण नहुँदा वा स्थानीय सरकार देखि राज्यले ध्यान नदिदा जुम्लाको स्याउ पशुचौपायालाई खुवाउन किसान बाँध्य भएका छन् । विदेशी स्याउको बजारमा छ्यापछ्यापी हुँदा र महोत्त्व दिएकाले जुम्लाको अर्गानिक स्याउ बिक्न सकिरहेको छैन् । यसले गर्दा लाखौ लाख किसान मर्कामा परेका छन् ।

सिँजामा मात्र नभएर जुम्ला जिल्ला भरिका गाउँ गाउँमा धमाधम स्याउका दाना काटरे सुकाएका छन् । यि सुकाएको स्याउको पनि विक्रि गर्ने ठाउँ भयो र मूल्य पाइयो । भने किसानलाई राहत हुने देखिन्छ ।

साताकाे चर्चित
सम्बन्धित