जुम्लाका किसानलाई घाँस काट्ने चटारो
जुम्लाका किसानलाई घाँस काट्ने चटारो
    • उमेश बुढा

    • १७ आश्विन २०८१, बिहीबार

जुम्ला ।

शरद  ऋतुमा जुम्लाका किसानलाई घाँस काट्ने चटारो हुन्छ ।

असोज कार्तिक महिनामा जुम्लाका किसान वनपाखा र खेतबारीमा जताततै घाँस काटिरहेका देखिन्छन् ।

यि महिनामा काटेको घाँस सुकाएर हेमन्त ऋतु र शिसिर ऋतु मङ्सिर , पुष , माग फागुनमा पशुचौपायालाई खुवाउने गर्छन् ।

जुम्ला कनसुन्दरी ७ रोकायावाडाकी किसान राजपुरा रोकायाका अनुसार असोज कार्तिक महिनामा पनपाखा र खेतवारीमा भएको हरियो घाँस काटेर सुकाएर लडा बाटी गाजी आग्ला लगाएर हिँउदका महिना पुष , माघ , फागुन तिर गाई , भैसी , भेडा , बाख्रा र घोडाघोडीलाई खुवाउने गर्छौ ।

आज भोली जताततै हरियाली हुन्छ । पछि हिउँदका महिना कुनै ठाउँमा हरियाली हुँदैन , वनपाखा तिर भएको सुको घाँस पनि हिउँले ढपक्क ढाकेर पशुलाई चराउन सकिदैन त्यसैले घाँस काटेर सुकाएर हिउँदका दिनहरुमा पशुलाई खुवाने गर्छौं । रोकायाले भनिन् ।

जुम्लामा पशुचौपाया बढी मात्रामा पाल्ने गर्छन् । यिनी चौपायाको लागि प्रत्येक वर्षको असोज , कार्तिक तिर वनपाखा र खेतवारीको हरियो घाँस काट्ने चलन रहेको छ । काटेको घाँस सुकाएर पशुचौपायालाई हिउँदको महिना खुवाउने गरिन्छ । यस जिल्लामा हिउँ १ फुट देखि माथि आउने गर्छ । र त्यतिखेर पशु कोठ भन्दा बाहिर चरन क्षेत्रमा गएर चर्न सक्ने अवस्था हुँदैन । त्यतिबेला गोठमै सुकाएको घाँस खुवाउने गरिन्छ ।

किसानहरु घाँस काट्नको लागि आजभोली वनपाखा र खेतबारीमा व्यस्त छन् । जताततै मानिस घाँस बोकेको , काट्दै गरेको , लडा बाट्दै गरेको र घास आग्ला चिन्दै गरेको पाइन्छन् ।

साताकाे चर्चित
सम्बन्धित