काठमाडौंको चमतीबाट लागुऔषधसहित ६ जना पक्राउ
काठमाडौंको चमतीबाट लागुऔषधसहित ६ जना पक्राउ
    • बेल संचार

    • १८ आश्विन २०८१, शुक्रबार

काठमाडाैं ।

काठमाडौंको चमतीबाट लागुऔषधसहित ६ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकका १९ वर्षीय नवीन रिजाल, काठमाडौंका २६ वर्षीय अनिश महर्जन, चितवनकी २५ वर्षीय अनु तामाङ, धादिङका ४० वर्षीय केशर स्याङ्तान, धादिङका २८ वर्षीय राजेश परियार र तनहुँका सुवास परियार छन् ।

उनीहरूलाई प्रहरीले बिहीबार दिउँसो काठमाडौंको चमतीबाट पक्राउ गरेको हो ।

नवीन रिजालको कोठामा लागुऔषध बिक्री वितरण भइरहेको सूचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोली उनीहरूलाई पक्राउ गरेको हो ।​

प्रहरीले उनीहरूको साथबाट नाइट्राभेट ७६५ पिस, ट्रामाडोल ५५० पिस, स्ट्रागन ३७० पिस, स्पास ३० पिस, गाजाको धुलो अन्दाजी २०० ग्राम, २९ हजार ७ सय रुपैयाँ नगर, धारिलो हतियार चक्कु थान १ र फलामको नख थान १ बरामद गरेको छ ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

साताकाे चर्चित
सम्बन्धित