शुक्रबार अपराह्न ५ बजे बस्ने मन्त्रिपरिषद् बैठक
शुक्रबार अपराह्न ५ बजे बस्ने मन्त्रिपरिषद् बैठक
    • बेल संचार

    • १८ आश्विन २०८१, शुक्रबार

काठमाडौँ ।

मन्त्रिपरिषद् बैठक बोलाइएको छ । शुक्रबार अपराह्न ५ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए ।

आजको बैठकमा बाढीपहिरो र डुबान प्रभावितलाई अस्थायी आवास निर्माणबारे निर्णय हुनसक्ने ती मन्त्रीको भनाइ छ ।

नियमित बैठक हो । हिजो सार्वजनिक बिदा भएकाले आज बैठक बस्न लागेको हो’, ती मन्त्रीले भने, ‘एजेन्डा खुलाइएको छैन ।

तर बाढी प्रभावितलाई अस्थायी आवासको प्रबन्धबारे  छलफल र निर्णय हुनसक्छ ।

’सरकारले बाढीबाट घरबारविहीन भएकाहरूलाई अस्थायी आवासको व्यवस्था गर्ने बताए पनि त्यसबारेको प्रस्ताव मन्त्रिपरिषद्बाट निर्णय भई नसकेको बताइएको छ ।

साताकाे चर्चित
सम्बन्धित