प्रधानमन्त्री ओली : विपद्को सामना गर्न सबै पक्ष मिलेर अगाडि बढ्नुपर्छ
प्रधानमन्त्री ओली : विपद्को सामना गर्न सबै पक्ष मिलेर अगाडि बढ्नुपर्छ
    • बेल संचार

    • २० आश्विन २०८१, आईतवार

काठमाडाैं

प्रधानमन्त्री केपी शर्मा ओलीले विपद्को सामनाका लागि सबै पक्ष मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज नेकपा माओवादी केन्द्रका नेताहरूले विपद् जोखिम न्यूनीकरण र खोज, उद्धार तथा राहत वितरणका कामलाई व्यवस्थित गर्न गरेको ध्यानाकर्षपश्चात् उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले विपद् न्यूनीकरण र त्यसको सामना गर्न सबै पक्ष मिलेर अगाडि बढ्नुपर्ने र यस कार्यको अगुवाइ गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले विपद्को पूर्वतयारी र विपद्पछि तत्काल खोज, उद्धार र राहतका काममा लाग्नुपर्ने र यसमा सबै पक्ष साझा दायित्वका साथ  क्रियाशील हुनुपर्नेमा जोड दिए ।

उनले विपद् व्यवस्थापनका काममा राज्यसँग मिलेर काम गर्न आफ्नो पार्टी तयार रहेको स्पष्ट गरे ।

त्यस अवसरमा गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटा, महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवहरू वर्षमान पुन, जनार्दन शर्मा, पम्फा भुसाललगायत नेताहरू सहभागी थिए ।

साताकाे चर्चित
सम्बन्धित