जुम्लाको ओदीमा भलिबल प्रतियोगिता हुने , प्रथमलाई दुई लाख द्वितियलाई एकलाखको राशी
जुम्लाको ओदीमा भलिबल प्रतियोगिता हुने , प्रथमलाई दुई लाख द्वितियलाई एकलाखको राशी
    • उमेश बुढा

    • २१ आश्विन २०८१, सोमबार

 जुम्ला ।

हिमा गाउँपालिकाको वडा नम्बर २ ओदीमा पुरुष भलिबल प्रतियोगिता असोज २९ गते हुने भएको छ ।

राष्ट्रका लागि खेलकुद , स्वास्थ्यका लागि खेलकुद र हामी सबैका लागि खेलकुद भन्ने मूल नाराका साथ हिमा गाउँपालिका वडा नम्बर २ ओदीमा विगत लामो समय देखि लामा विष्णुको पैठ र विजया दशमी २०८१ सालको शुभ अवसरमा यस लामा विष्णु यूवा क्लवले नेपालको राष्ट्रिय खेल भलिबललाई अगाडि बढाउनको लागि हिमा गाउँपालिकाको आर्थिक सहयोगमा , वडा नम्बर २ ओदीको सहजीकरण र लामा विष्णु युवा क्लवको आयोजनामा कर्णाली प्रदेश भरिका अन्तर पालिका स्तरिय भलिबल प्रतियोताको आयोजना गरेको छ ।

लामाविष्णु युवा क्लवका अध्यक्ष धिरेन्द्र रोकायाका अनुसार भलिबल प्रतियोगिताबाट प्रथम हुनेलाई नगद रु २ लाख सहित ट्रफी , मेडल र प्रमाणपत्र र द्वितियलाई नगद रु १ लाख सहित ट्रफी , मेडल र प्रमाणपत्र दिइने र २५ प्रतिशत कर कट्टी लाग्ने छ । टिम दर्ता मिति २०८१ साल असोज २३ गतेदेखि २८ गते बेलुका सम्म रहने , खेल संचालन असोज २९ गते बिहान ८ बजेसम्म , खेलाडी सङ्ख्या भने ९ जना हुनु पर्नेछ । र टिम दर्ता शुल्क रु ५००० लाग्ने अध्यक्ष रोकायाले बताउनु भयो ।

खेलाडीको पहिचान हुने गरि पालिका भित्रका खेलाडीहरुको नागरिकताको प्रतिलिपी पेश गर्नु पर्नेछ । साथै २ जना मात्र खेलाडी पालिका बाहिरको समावेश गर्न पाइनेछ , वडा र गाउँका टिमहरुमा पनि नागरिकताको प्रतिलिपी र दुई जना बाहिरको खेलाडीहरु समावेश गर्न पाइने छ ।  प्रत्येक खेलमा राम्रो खेल प्रदर्शन गर्ने खेलाडीलाई रु ५००० पुरस्कारको व्यवस्था गरिएको पत्रमा उल्लेख गरिएको छ ।

हरेक वर्ष ओदी गाउँमा लामाविष्णु युवा क्लवले भलिबलको प्रतियोगिताको आयोजना गर्दै आएको छ । यस वर्षमा ठुलो पुरस्कारको राशी राखेकाले धेरै ठाउँबाट खेलाडी आउने देखिन्छन् । कर्णाली प्रदेशका सबै जिल्लाहरुमा पत्रचार गरि सकेको छ । यदि पत्र नपुगेको खण्डमा सामाजिक संजालमा पत्र हेरर उपस्थिति भइदिनको लागि आयोजकले अनुरोध गरेको छ ।

कालिकोट जिल्लाकी चर्चित देउडा खेलाडी विपना सिंहको बेजोड प्रस्तुती रहने भएको छ । साथै ईच्छुक देउडा खेलाडीले आफ्नो खेल प्रदर्शन गर्न पाउने छन् । लामा विष्णुको पैट हेर्न आउनेहरुको निकै भिड्भाड हुन्छ । यस वर्षमा ठुलो राशीको पुरस्कार रहेकाले भलिबल खेल हेर्नेहरुको निकै बाग्लो उपस्थिति रहने देखिन्छ ।

साताकाे चर्चित
सम्बन्धित