बडा दशैंको अवसरमा सप्तरीको छिन्नमस्ता देवीको मन्दिरमा हेलिकप्टरबाट पुष्प वर्षा हुने
बडा दशैंको अवसरमा सप्तरीको छिन्नमस्ता देवीको मन्दिरमा हेलिकप्टरबाट पुष्प वर्षा हुने
    • बेल संचार

    • २४ आश्विन २०८१, बिहीबार

 काठमाडौं।

बडा दशैंको अवसरमा सप्तरीको छिन्नमस्ता देवीको मन्दिरमा हेलिकप्टरबाट पुष्प वर्षा हुने भएको छ ।

छिन्नमस्ता गाउँपालिकाको आग्रहमा नेपाली सेनाको हेलिकप्टरमार्फत् शुक्रबार पुष्पवृष्टि गर्न लागेको हो ।

‘धार्मिक आस्था र मातृशक्तिप्रति श्रद्धा व्यक्त गर्दै, छिन्नमस्ताको अद्भुत शक्तिको सम्मानस्वरूप हामीले अष्टमीको दिने पुष्प वर्षा गर्न लागेको हौैं,’ गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले भने ।

शुक्रबार बिहान १० बजे पहिलो पटक नेपाली सेनाको हेलिकप्टरबाट मन्दिरको चारैतिर पुष्प वर्षा गरिने उनले जानकारी दिए ।

छिन्नमस्ता शक्तिपीठलाई शक्ति र साहसको प्रतीक मानिन्छ ।

साताकाे चर्चित
सम्बन्धित