पूर्णरुपमा बाहिरियो मनसुन
पूर्णरुपमा बाहिरियो मनसुन
    • बेल संचार

    • २७ आश्विन २०८१, आईतवार

काठमाडौं

अपराह्न एक सूचना जारी गर्दै विभागले बाँकी रहेका बागमती, मधेश र कोशी प्रदेशबाट पनि आज बाहिरिएसँगै मनसुन देशबाटै बाहिरिएको हो ।

यस वर्षको मनसुन नेपालबाट आज (शनिवार)देखि पूर्णरुपमा बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यही असोज २० गतेदेखि बाहिरिन शुरू गरेको मनसुन आजदेखि पूर्णरुपमा बहिर्गमन भएको हो ।

यसअघि असोज २० गते सुदूरपश्चिम तथा कर्णाली र लुम्बिनीका केही भागबाट तथा असोज २२ गते कर्णाली, लुम्बिनी, गण्डकी र काठमाडौं उपत्यकाबाट पूर्णरुपमा र बागमती र मधेशमा आंशिकरुपमा मनसुन बाहिरिएको थियो । आज भने मधेश र बागमतीका बाँकी भाग र कोशीबाट समेत मनसुन बाहिरिएको हो ।

यसपालि मनसुन ढिला गरी जेठ २८ मा भित्रिएको थियो भने चार दिन ढिला गरी बाहिरिन शुरू भएकोमा ६ दिनपछि पूर्णरूपमा बाहिरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

साताकाे चर्चित
सम्बन्धित