सेतो छडी
सेतो छडी
    • निर्मला ज्ञवाली, पूर्ण दृष्टि विहिन

    • २९ आश्विन २०८१, मंगलवार

काठमाडौं

विगत लामो समय देखि हरेक अक्टोबर १५ लाई सेतो छडीको दिवसको रुपमा मनाउदै आइरहेका छ । विश्वभरीका दृष्टिविहिन ब्याक्तीहरुले हिड्ढुल गर्दा साहायक सामाग्री रुपमा सेतो छडिलाई प्रयोग गर्दछौ अरु सामान्य लठ्ी सामान्य लठ्ी लियर हिड्दा र सेतो छडी लिएर हिड्दा खासै भिन्नता हुदैन तर अन्तराष्टिय रुपमा सेतो छडी लिएर हिड्ने ब्याक्ती दृष्टिविहिन वा दुबै आँखा नदेख्ने ब्याक्ती हुन भनेर चिनाउने प्रतिकको रुपमा प्रयोग हुन्छ । दृष्टिविहिनहरुको हातमा सेतो छडी लिएर हेडेको देखेमा सवारी चालक लगाएत अन्य देख्ने ब्याक्तीहरुले पनि सहयोग गर्न पर्दछ ।

वा सहयोग गर्ने सोचको विकास हुन सक्छ । भने सेतो छडी समातेको ब्याक्तीले बाटो काट्न खोज्दा आफ्नो सवारी साधनलाई रोकी दृष्टिविहिन ब्याक्तीहरुलाई बाटो काट्न दिनु पर्छ भने पनि ज्ञान हुनु पर्छ । सेतो छडीको बिचभागमा रातो रङको स्टीकर हुन्छ । जस्ले ट्राफिक रातो चिन्हको काम गर्दछ ।


सेतो छडी दृष्टिसम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूको स्वतन्त्रता, आत्मविश्वास र साहसको प्रतीक भएको पाइन्छ । सेतो छडी दया या सहानुभूतिको रूपमा दिइने साधन नभै दृष्टिविहीनहरूको मौलिक अधिकार पनि हो
सेतो छडी दृष्टिविहिन ब्याक्तीहरुको लागी एक अभिन्न अङ भयता पनि आर्थिक अभाव सहि सहजीकरर्णको कमी र अपाङता भएकाहरुलाई सहजरुपमा स्विकार गर्ने वातावरर्णको अभावले धेरै जस्तो दृष्टिविहिन ब्याक्तीहरु लाई आधारभुत सिपमा शिक्षा प्रारम्भ सगे सेतो छडी चलाउन सिकाउनु अति आश्वयक छ ।

अभिभावक, शिक्षक, सरोकारवालाहरु सबैले अनिवार्य शिक्षाको रुपमा प्रयोग गराउनु पर्छ ।
कतिपय दृष्टिविहिन ब्याक्तीले सेतो छडीलाई प्रयोग गर्न हिचकिचाउने लाज माने गर्नु हुन्छ । तर यसलाई आफ्नो पहिचान र गौरबको रुपमा प्रयोग गर्दा आत्मबल बड्ने र सुरक्षित पनि हुने हुन्छ ।
अहिले सम्म सेतो छडि देशमा उत्पादन हुन नसक्नु र महङगो मुल्यमा खरिद गर्नु पर्ने बिदेश बाट आयत गर्नु पर्ने र विग्रेका मर्मत गर्ने ठाउँ समेत नहुनाले सेतो छडी प्रयोग कर्तालाई निकै कष्ट ब्यहनु परेको देखिन्छ । यस्ता कुराहरुमा छिटै अपाङ्गताका क्षेत्रमा काम गर्ने बिभिन्न संघ÷संस्था तथासरकारवालाको ध्यान जाहोस । सेतो छडी दिवसको शुभकामना छ ।

 

साताकाे चर्चित
सम्बन्धित