मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
    • बेल संचार

    • २९ आश्विन २०८१, मंगलवार

सुर्खेत।

वीरेन्द्रनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका-८का ५० वर्षीय महेश पौडेल रहेका छन्।

सुर्खेत प्रहरीका अनुसार सोमबार साँझ ६ बजेतिर भे५प ४०४२ नम्बरको उनको मोटरसाइकल वीरेन्द्रनगरकाे कालुङचोकमा गाईसँग ठोक्किएको तियो ‌।

दुर्घटना लगत्तै उनलाई प्रदेश अस्पताल लगिएको तियो । राति ८ बजेतिर अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।

साताकाे चर्चित
सम्बन्धित