‘छक्का पञ्जा–५’भन्दा ‘१२ गाउँ’को शो धेरै
‘छक्का पञ्जा–५’भन्दा ‘१२ गाउँ’को शो धेरै
    • बेल संचार

    • ३० आश्विन २०८१, बुधबार

काठमाडौं ।

चलचित्र ‘छक्का पञ्जा–५’को भन्दा ‘१२ गाउँ’को शो काठमाडौंमा आज (बुधबार) धेरै छ । क्यूएफएक्सका आउटलेटमा काठमाडौं उपत्यकामा ‘१२ गाउँ’ले ‘छक्का पञ्जा–५’लाई उछिनेको हो ।

क्यूएफएक्सका आउटलेटमा काठमाडौं उपत्यकामा ‘छक्का पञ्जा–५’ले भन्दा ‘१२ गाउँले एक शो धेरै पाएको छ । बिहान  ६ बजेपछिका लागि ‘१२ गाउँ’ले ३२ शो पाउँदा ‘छक्का पञ्जा–५’ले ३१ शो पाएको छ ।

मंगलबार क्यूएफएक्सका काठमाडौंका आउटलेटमा यी दुई चलचित्रले बराबर शो पाएका थिए ।

सुरुमा शो बाँडफाँट गर्दा क्यूएफएक्सले काठमाडौंका आफ्ना आउटलेटमा ‘छक्का पञ्जा–५’लाई ३८ शो दिएको थियो । ‘१२ गाउँ’ले २२ शो पाएको थियो ।

त्यसयता विस्तारै ‘१२ गाउँ’ले शो बढाउँदै गएर छैटौँ दिनमा  काठमाडौं उपत्यकाको क्यूएफएक्स चेनमा ‘छक्का पञ्जा–५’ जति नै पुर्याएको हो । सातौँ दिनमा आइपुग्दा ‘छक्का पञ्जा–५’ भन्दा ‘१२ गाउँ’ अगाडि लागेको हो ।

अन्य मल्टिप्लेक्समा भने कुनैमा ‘छक्का पञ्जा–५’का धेरै शो छन् भने केहीमा ‘१२ गाउँ’कै शो बढी छ ।

‘१२ गाउँ’ विराज भट्टले निर्देशन गरेको चलचित्र हो । यसमा बिराज र समीर भट्ट मुख्य भूमिकामा छन् ।

‘छक्का पञ्जा–५’ दीपाश्री निरौलाले निर्देशन गरेको चलचित्र हो । यसमा दीपकराज गिरी, केदार घिमिरे र वर्षा शिवाकोटी मुख्य भूमिकामा छन् ।

यी दुईवटै चलचित्र अधिकांश शो हाउसफुल अकुपेन्सीमा चलिरहेका छन् ।

साताकाे चर्चित
सम्बन्धित