जुम्लाको कनकासुन्दरीमा कार्तिक ६ गते प्रचण्ड आउने
जुम्लाको कनकासुन्दरीमा कार्तिक ६ गते प्रचण्ड आउने
    • उमेश बुढा

    • ३० आश्विन २०८१, बुधबार

 जुम्ला ।

(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जुम्ला आउने भएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्ड यहीँ कात्तिक ६ गते जुम्ला आउने भएका हुन् ।

नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय जुम्लाका संयोजक नवराज न्यौपाने विमुखले प्रचण्ड कात्तिक ६ गते जुम्ला आउने बताएका छन् ।

न्यौपानेका अनुसार अनुसार जिल्लाको कनकासुन्दरी गाउँपालिकामा हुने बृहत कार्यकर्ता भेला र आमसभालाई सम्बोधन गर्न प्रचण्ड जुम्ला आउन लागेका हुन् ।

ञअध्यक्ष कमरेड जुम्ला आउने निश्चित भएको छ । बृहत कार्यकर्ता भेला र आमसभाका लागि उहाँ आउँदै हुनुहुन्छ ।झ न्यैपानेले भने ।

नेपाली खस भाषाको उदगम् स्थल समेत रहेको सिंजामा हुने कार्यक्रमको तयारी भइरहेको नेकपा (माओवादी केन्द्र) जुम्लाले जनाएको छ ।

साताकाे चर्चित
सम्बन्धित