कर्णाली प्रदेशमा आज प्रदेशभर सार्वजनिक बिदा
कर्णाली प्रदेशमा आज प्रदेशभर सार्वजनिक बिदा
    • बेल संचार

    • १ कार्तिक २०८१, बिहीबार

सुर्खेत ।

कर्णाली प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

असोज शुक्ल पूर्णिमा (कोजाग्रत पूर्णिमा) को दिन प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । यसपटक असोज ३० गते र कात्तिक १ गते दुई दिन पूर्णिमा परेको छ ।

गत वैशाख १७ गते बसेको कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार आज प्रदेश भर बिदा दिइएको प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।

आज प्रदेश भरका सबै सरकारी तथा सार्वजनिक संघसंस्थाहरू बन्द रहने छन् ।

साताकाे चर्चित
सम्बन्धित