काठमाडौँ ।
डेंगुको संक्रमण बढेसँगै देशभर रगतको कमी हुन थालेको छ । बाढी,पहिरो, डेंगु र चाडवाडका कारण उपत्यकासहित देशभर नै रगतको कमी हुन सुरु भएको नेपाल रेडक्रस सोसाइटीले जनाएको हो । नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय रक्तसञ्चार सेवाका निर्देशक पवनकुमार गुप्ताले अहिले दैनिक रुपमा माग पनि दसैँ तिहारले गर्दा पहिलाको तुलनामा संकलन र माग कम भएको बताए ।