रास्वपा सभापति लामिछानेलाई स्थलमार्गबाटै पोखरा लगिँदै
रास्वपा सभापति लामिछानेलाई स्थलमार्गबाटै पोखरा लगिँदै
    • बेल संचार

    • २ कार्तिक २०८१, शुक्रबार

काठमाडौँ ।

शुक्रबार साँझ पक्राउ परेका पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई स्थलमार्गबाटै पोखरा लगिने भएको छ ।

उनलाई गाडीबाटै पोखरा लैजान लागिएको हो । लामिछानेकै इच्छा अनुसार प्रहरीले लामिछानेलाई गाडीबाट ल्याउन लागेको श्रोतले जनाएको छ ।

लामिछानेसँग उपसभापति डीपी अर्याल कार्यवाहक प्रवक्ता मनिष झा पनि सँगै जाने जनाइएको छ । रास्वपाका अर्का नेता स्वर्णिम वाग्ले तनहुँमा भएकाले त्यहाँबाट पोखरा जाने बताइएको छ ।
सो पार्टीका अन्य नेता कार्यकर्ता भोलि पोखरा जाने बताइएको छ ।

साताकाे चर्चित
सम्बन्धित